शुक्रबार, ०६ चैत २०८२

निर्मलालाई न्याय दिलाउने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाण्डौँ असोज ०१ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन्।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीलाई प्रधानमन्त्री ओलीले अपराधी पहिचान गरी कानुन अनुसार कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

ओलीले निर्मला आफ्नो पनि छोरी भएको बताउदै न्याय दिलाउन आफू प्रतिबद्ध रहेको बताएका हुन्।

ओलीले घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको विश्वास गर्नु सरकारको बाध्यता भएको र त्यही विश्वासका कारण धोका भएको समेत उल्लेख गरेका छन्। न्याय माग्न काठमाण्डौँ पुगेका निर्मलाका आमाबुबा सहित अधिकारकर्मीको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले न्याय दिने विश्वास दिलाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस